काठमाडौं । पोखरामा यसै साताबाट आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
पोखरा रंगशालामा कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगिताको नियम अनुसार धनगढीले विदेशी कोटामा इंग्ल्यान्ड र पाकिस्तानका खेलाडी भित्र्याएको हो ।
धनगढीले इंग्ल्यान्डका ड्यान लरेन्स र पाकिस्तानका उमेद आसिफलाई अनुबन्ध गरेको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीले खेलपाटीलाई जानकारी गराए ।
लरेन्स यू-१९ विश्वकप टोलीमा रहिसकेका इन्ग्लिश ब्याट्सम्यान हुन् । २१ बर्षिय लरेन्स एक्सेस काउन्टी क्रिकेट क्लबबाट खेल्ने गर्छन । उनले पहिलो श्रेणीको क्रिकेट खेलिसकेका छन् ।
यस्तै पाकिस्तानका बलर आसिफ पहिलो श्रेणीको क्रिकेट खेलिसकेका खेलाडी हुन् । पाकिस्तानको 'ए' टिममा रहेका ३४ बर्षिय आसिफ पेश्वार जाल्मीबाट क्रिकेट खेल्ने गर्छन् ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा धनगढीले पहिलो खेल काठमाडौं रोयल्ससंग कार्तिक ११ गते खेल्ने छ ।
प्रतियोगिता कार्तिक २० सम्म संचालन हुनेछ ।