एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ । शनिबार भएको चौथो एकदिवसीयमा श्रीलंकालाई डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १८ रनले हराएर सिरिज जितेको हो ।
केन्डीमा वर्षाले प्रभावित खेल जितसंगै इंग्ल्यान्डले पाँच खेलको सिरिज ३ - ० ले अघि रहदै एक खेल बाँकी रहदै आफ्नो बनाएको हो । यसअघि इंग्ल्यान्डले तेस्रो एकदिवसीयमा श्रीलंकालाई ७ विकेट र दोस्रोमा ३१ रनले हराएको थियो । पहिलो खेल नतिजाबिहिन बनेको थियो ।
श्रीलंकाले दिएको २७४ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाले रोकिएको थियो । बर्षाले खेल रोकिनुअघि इंग्ल्यान्डले २७ ओभरमा २ विकेट गुमाएर १३२ रन जोडेको थियो ।
त्यसपछि खेल भएन र डिएलको आधारमा इंग्ल्यान्डले २७ ओभरमा ११५ रनको लक्ष्य पाउदै जित हात पार्यो । इंग्ल्यान्डका जोय रुट ३२ तथा कप्तान इयान मोर्गन ३१ रमा अविजित रहे । त्यस्तै जासन रोयले ४५ रन जोड्दा एलेक्स हेल्सले १२ रन जोडे । श्रीलंकाका अकिला धनन्जयले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभरमा ७ विकेट गुमाएर २७३ रन जोडेको थियो । श्रीलंकाका लागि डसुन सनकाले ६६ रन जोड्दा निरोशन डीक्वेलाले ५२ रन जोडेका थिए । इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए ।
दुई टोलीबीचको अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि दुई टोलीले एक टी-ट्वान्टी र तीन खेलको टेष्ट सिरिज खेल्नेछ ।