सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिगको पुरस्कार वृद्धि गर्न प्रधानमन्त्रीसँग सुजलको आग्रह  

मंगलबार, ०६ पौष २०७८खेलपाटी संवाददाता
लिगको पुरस्कार वृद्धि गर्न प्रधानमन्त्रीसँग सुजलको आग्रह  
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान सुजल श्रेष्ठले सहिद स्मारक 'ए' डिभिजन लिगको पुरस्कार राशीमा वृद्धि गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै सुजलले लिगको पुरस्कार राशीमा वृद्धिको आग्रह गर्दै लिगमा सरकारको उपस्थितिका लागि आग्रह गरेका हुन् ।

'सम्माननीय प्रधानमन्त्री ज्यु अहिले नेपालमा सहिद स्मारक ए डिभिजन लिग जारी छ । यस लिगलाई अझै व्यवस्थित र पुरस्कार राशीमा वृद्धि गरि राज्यको उपस्थिति भएमा फुटबलले प्रगति गर्ने विश्वास गरेको छु,' मछिन्द्र फुटबल क्लबका कप्तान समेत रहेका सुजलले भने ।

सरकारले मंगलबार साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगद सहित सम्मान गरेको हो ।

प्रधानमन्त्री देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख नगद सहित सम्मान गरेका हुन् । यस्तै प्रशिक्षकहरुले जनही ३ लाख नगद प्राप्त गरे ।

सुजलले सम्मान गरेकोमा सरकारलाई धन्यवाद दिदै यस्ता कार्यले खेलाडीमा हौसला मिल्ने बताए ।

'नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । खेलाडीलाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गर्नु भएकोमा,' उनले भने, 'यस्तो सम्मानले हामी खेलाडीहरुलाई अझै हौसला मिल्नेछ ।'

यस्तै सुजलले नेपालमा अन्तराष्ट्रिय स्तरको रंगशालाको अभाव भएको बताए ।

'हामी खेलाडीहरुलाई राम्रो व्यवस्था, पर्याप्त खेल मैदान गर्दिनु भएमा अझ राम्रो नतिजा प्राप्त हुने खेलाडीहरुमा विश्वास छ,' सुजलले भने, 'सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरुको तर्फबाट आजको यस कार्यक्रममा सरकारसँग एउटा सुविधासम्पन्न एउटा अन्तराष्ट्रिय स्तरको रंगशालाको आवश्यकता भएको महशुस गरेको छु ।'

उनले साफ उपविजेताको श्रेय खेलाडी, एन्फा र सरकारलाई जाने बताए ।

'साफको १८ वर्षे इतिहासमा साफको उपविजेता बनेका छौँ । यसको सम्पूर्ण श्रेय खेलाडीहरु, अखिल नेपाल फुटबल संघ, नेपाल सरकार, खेलकुद परिषद र खेलकुद मन्त्रालयलाई दिन चाहन्छु,' सुजलले भने ।

नेपाल एसिया कपको फाइनल चरणको तयारीमा जुटेको बताउदै सुजलले उक्त प्रतियोगितामा अन्तराष्ट्रिय प्रशिक्षणका लागि सहयोग गरिदिन प्रधानमन्त्रीसामु अनुरोध समेत गरे ।

Loading ad...
LiNing Ad
लिगको पुरस्कार वृद्धि गर्न प्रधानमन्त्रीसँग सुजलको आग्रह

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’