काठमाडौं । यस पटकको लिगबाट दुई टिम रेलिगेसनमा पर्नेछन् । यस्तोमा सहिद स्मारक लिग ए डिभिजन ०७८ बाट दुई घटुवामा पर्ने टिमबाट बच्न संघर्ष चर्को रहनेछ ।
यसअघि वर्ष ०७६ मा एक टिम मात्र रेलिगेसनमा परेको थियो भने वर्ष ०७५ मा अविश्वसनीय रूपमा रेलिगेसनको व्यवस्था नै गरिएको थिएन् ।
पाँचौं चरणको समाप्तीमा च्यासल र फ्रेन्ड्स अन्तिम दुई स्थानमा छन् । एपीएफले फ्रेन्ड्सलाई हराएर पहिलो पल्ट रेलिगेसन क्षेत्र छाडेको छ ।
यसअघि एपीएफ पहिलो चरणको समाप्तीमा पनि रेलिगेसन क्षेत्रमा थिएन् । दोस्रोदेखि चौथो चरणसम्म लगातार रेलिगेसन क्षेत्रमा रहेको जावलाखेल र एपीएफ माथि उक्लेका छन् ।
जावलाखेल पहिलो चरण टुंगिन्दा पनि १३ औं स्थानमा थियो । तिनको स्थानमा च्यासल र फ्रेन्ड्स तल झरेका छन् । त्यसमध्ये फ्रेन्ड्स पहिलो पल्ट रेलिगेसन क्षेत्रमा परेको छ । च्यासल भने दोस्रो पल्ट यस स्थानमा झरेको हो ।
यसअघि पहिलो चरणको समाप्तीमा पनि च्यासल १४ औं स्थानमा रहेको थियो ।