टोटेनहम कन्फरेन्स लिगबाट बाहिरियो
२०२१ डिसेम्बर २०, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिगबाट बाहिरिएको छ ।
यूईएफएले कोरोनाले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम बाहिरिएको हो ।
यूईएफएले उक्त खेलमा रेनसलाई ३-० को जित दिलाएपछि टोटेनहम बाहिरिएको हो ।
टोटेनहम र रेनसबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो ।
तर, टोटेनहमका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।
प्रतिस्पर्धाका लागि फ्रेन्च क्लब लण्डन पुगे पनि खेल स्थगित भएको हो ।
टोटेनहम कन्फरेन्स लिगबाट बाहिरियो