सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महानगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

सोमबार, ०५ पौष २०७८खेलपाटी संवाददाता
महानगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
Loading ad...
mustang rice ad

नारायण क्षेत्री

पोखरा । पोखरामा सोमबारदेखि महानगर वडास्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा सुरु भएको प्रतियोगिता अन्तर्गत महिला एकल, महिला डबल, पुरुष एकल र पुरुष डबलमा गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिला एकल तर्फ मेनुका गुरुङ, चन्द्रा छन्त्याल, शितल केसी  र आकृति केसी महिला एकल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् । मेनुका गुरुङले नमूना खड्कालाई २१–१६,२१–१६ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन् ।

त्यसैगरी चन्द्राले आयुष्मा नेपाललाई २१–१०, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित बनाईन् । शितल केसीले अनु रानालाई  १६–२१, २१–१६, २५–२३ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गर्दा आकृति केसीले पनि अनिता गुरुङलाई २१–११, २१–१९ को सेटमा पराजित गरेकी थिईन् ।

महिला डबल्स तर्फ नै शितल केसी र नमूना खड्काले मीन पुन र पुनम पुनको जोडीलाई २१–१० र २१–१९ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् । चन्द्रा छन्त्याल र माया पुनको जोडीले स्वीकृति उदास र सृष्टिका उदासको जोडीलाई २१–१२, २१–४ को से्टमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । मेनुका गुरुङ र आकृति केसी, माया गुरुङ र सर्मिला थापालाई २१–१४, २१–११ को सेटमा पराजित गरिन् । बाई पाएर पुनम गुरुङ र यामकुमार गुरुङ सेमिफाईनल प्रवेश गरेको छ ।

पुरुष डबल्स तर्फको उदघाटन खेलमा वडा नं १४ का मनु कार्की र सन्तोष मिश्रको जोडीले वडा नं १६ का भीम छन्त्याल र मीन गुरुङको जोडीलाई २२–२०, २१–१६ को सेटमा पराजित गरे । पहिलो सेटमा १०–५ ले अग्रता लिएको अवस्थामा गुरुङ र छन्त्यालको जोडीले १९–१९ को स्थितिमा पुर्याउँदै कडा प्रतिस्पर्धामा उत्रिए । पुरुष डबल्स तर्फकै प्रतिस्पर्धामा वडा नं १५ का विशान गुरुङ र रोज रानाको जोडीले देव थापा र कुमार गुरुङलाई २१–१६, २१–११ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । त्यस्तै राजेन्द्र गुरुङ र गुमानसिंह गुरुङले जघन घले र दुक्तमान गुरुङलाई २१–९, २१–१२ को सेटमा पन्छाए । ओम थापा र हेमन्त राईले विकास गुरुङ र अर्जुन गिरीको जोडीलाई २१–१८, २१–१८ को सेटमा पराजित गरेका थिए ।

दिनेश श्रेष्ठ र रवि थापाको जोडीले बलबहादुर श्रीस र प्रितम गुरुङको जोडीलाई २१–१९, २१–१६ को सेटमा पराजित गरे । सन्तोष गुरुङ र अमृत गुरुङले पदम जिसी र दयाराम पन्तको जोडीलाई २२–२०, ७–२१ र २१–३ को सेटमा पराजित गरेका थिए ।

प्रतियोगिताको गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गरे । कार्यक्रममा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली लगायतले बोलेका थिए ।

प्रतियोगितामा चार वटा इभेण्टमा गरी १४० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीका साथै ईमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

 

Loading ad...
LiNing Ad
महानगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा