पहिलो जितमा खुशी छौँ - प्रशिक्षक थापा
सोमबार, ०५ पौष २०७८खेलपाटी संवाददाता
काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफले पहिलो जित निकालेको हो ।
पहिलो जितसँगै एपीएफ रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।
एपीएफ ४ अंक जोडेर ११ औं स्थानमा उक्लिएको छ ।
जितपछि एपीएफका मुख्य प्रशिक्षक कुमार थापा खुशी देखिए ।
उनले चार अंकमा सन्तुष्ट रहेको बताए ।
'चार अंक भयो यसमा सन्तुष्ट नै छौँ । पहिलो जित हो । खेलाडीमा जुन प्रोगेस देखिएको छ त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । आज खुशी छौँ हामी,' उनले भने ।
उनले फरवार्ड आशिष लामाले ह्याट्रिकको मौका गुमाएको समेत बताए ।
'पुछारको दुई टिमको खेल रमाईलो नै भयो । आशिषले ह्याट्रिक गर्नु पर्ने थियो त्यो मिस गर्यो,' उनले थपे ।
पहिलो जितमा खुशी छौँ - प्रशिक्षक थापा







-1776674878523.webp&w=3840&q=75)

-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)