एजेन्सी । पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज जितेको छ । शुक्रबार दोस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा अष्ट्रेलियालाई ३७३ रनले हराएर पाकिस्तानले सिरिज जितेको हो ।
आबुधाबीमा पाकिस्तानले दिएको ५३८ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको अष्ट्रेलिया १६४ रनमा अलआउट भयो । जितसंगै पाकिस्तानले दुई खेलको सिरिज १ - ० ले जितेको हो । दुई टोलीबीचको पहिलो टेष्ट ड्र भएको थियो ।
शेख जायद स्टेडियममा पाकिस्तानी बलर हाबी हुँदा अष्ट्रेलिया ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्नेले ४३ रन तथा टर्भिस हेडले ३६ रन जोडे । यस्तै आरोन फिन्चले ३१ रन जोड्दा मिचेल स्टार्क्सले २८ रन जोडे । पाकिस्तानका मोहमद अब्बासले ५ विकेट लिदा यासिर साहले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङसमा ९ विकेटको क्षतिमा ४०० रन जोड्दै इनिङस समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानका बाबर आजमले ९९ रन जोड्दा सर्फराज अहमेदले ८१ रन जोडे । अष्ट्रेलियाका नाथन लियोनले ४ विकेट लिए ।
पाकिस्तानले पहिलो इनिङसमा अलआउट हुँदै २८२ रनको बनाएको थियो । अष्ट्रेलियाले पहिलो इनिङसमा १४५ रन जोडेको थियो ।