एजेन्सी । न्युजिल्यान्डका ब्याट्सम्यान मार्टीन गुप्टिलले पाकिस्तानविरुद्धको एकदिवसीय र टी-ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन् ।
खुट्टाको पिडुलाको चोटको कारण ओपनर गुप्टिलले पाकिस्तानविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
'दुर्भाग्यबस मार्टिनको चोटको ठिक हुन समय लाग्नेछ,' न्युजिल्यान्डका छनोट कमिटिका गाभिन लार्सेनले भने,'हामी उनको चोटलाई कम गर्ने प्रयास गरिरहेका छौ ।'
न्युजिल्यान्डले पाकिस्तानविरुद्ध युएईमा तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ । त्यसपछि २ खेलको टेष्ट खेल्ने छ । सिरिज अक्टोबर ३१ मा सुरु हुनेछ ।