एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ७ विकेटले हराएको हो ।
जितसंगै इंग्ल्यान्डले पाँच खेलको सिरिजमा २ - ० को अग्रता बनाएको छ । यसअघि दोस्रो एकदिवसीय इंग्ल्यान्डले३१ रन्को जित निकालेको थियो भने पहिलो खेल नतिजाबिहिन बनेको थियो ।
केन्डीमा वर्षाको कारण ढिला सुरु भएको खेल २१ ओभरमा छोट्टाईएको थियो । र, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभरमा ९ विकेट गुमाएर १५० रन जोडेको थियो ।
श्रीलंका लागि निरोशन डिक्वेलाले ३६, सदिरा समाराविक्रमाले ३५ तथा कप्तान दिनेश चण्डीमालले ३४ रन जोडे । इंग्ल्यान्डका आदील राशिदले ४ तथा टम कुरणले ३ विकेट लिए ।

श्रीलंकाले दिएको १५१ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ५८ रनको अर्धशतकीय इनिङस खेले । यस्तै जासन रोयले ४१ रन जोड्दा बेन स्टोक्सले अविजित ३५ रन जोडे ।
श्रीलंकाका लागि अमिला अपोनसोले २ तथा अकिला धननज्यले १ विकेट लिए ।
