एजेन्सी । पाकिस्तानविरुद्धको दोस्रो टेष्ट क्रिकेटको पहिलो इनिङसमा अष्ट्रेलियाले खराब प्रदर्शन गरेको छ ।
आबुधाबीमा पाकिस्तानलाई अलआउट गर्दै पहिलो इनिङस थालेको अष्ट्रेलिया दोस्रो दिन बुधबार १४५ रन जोड्दा अलआउट भएको छ ।
पाकिस्तानलाई २८२ रनमा रोक्दै पहिलो इनिङस थालेको अष्ट्रेलियाले पाकिस्तानी बलरसामु खुलेर खेल्न सकेनन् । पहिलो दिन ७ ओभरमा मात्र २० रन जोडेर महत्वपूर्ण २ विकेट गुमाएको अष्ट्रेलियाले बुधबार थप १२५ रन जोड्दा बाँकी आठ विकेट गुमायो ।
अष्ट्रेलियाका लागि आरोन फिन्चले ३९ रन जोड्दा मिचेल स्टार्कले ३४ रन जोडे । र, अष्ट्रेलिया पहिलो इनिङसमै १३७ रनले पछि परेको छ । पाकिस्तानका मोहमद अब्बासले ५ विकेट लिए । यस्तै बिलालले आसिफले ३ विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८१ ओभरमा अलआउट हुँदै २८२ रनको बनाएको थियो । पाकिस्तानलाई डेब्यु खेलाडी फखर जमान र कप्तान सर्फ्राज अहमेदले उकासेका थिए । दुबैले समान ९४/९४ रनको अर्धशतकीय इनिङस खेले ।
त्यस्तै यासिर साहले २८ रन जोडे । अष्ट्रेलियाका नाथन लियोनले ४ विकेट लिए ।
दुई टोलीबीचको २ खेलको सिरिज बराबरीको अवस्थामा रहेको छ । यसअघि पहिलो टेष्ट बराबरी भएको थियो ।