सुर्य नेपाल गल्फ टुर भोलिबाट
आइतबार, मंसिर १९, २०७८खेलपाटी संवाददाता
काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ ।
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै सिजनको पहिलो प्रतियोगिता सोमबार सुरु हुने जनाएको छ ।
रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने सुर्य नेपाल काठमाडौं ओपन बिहीबारसम चल्नेछ ।
चार दिने प्रतियोगितामा ३४ प्रोफ्रेसनल गल्फरले खेल्नेछन् ।
प्रतियोगितामा भुवन नगरकोटी, शुक्र बहादुर राई, रामे मगर र संजय लामा लगायतले प्रतिस्पर्धा गर्ने छन् । यस्तै एमेच्योर गल्फर सुवास तामाङले समेत प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७४ हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।
सुर्य नेपाल गल्फ टुर भोलिबाट






-1761584666208.jpeg&w=3840&q=75)







