धापाखेलमा भेट्रान्स फुटसल हुँदै
आइतबार, १२ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । ललितपुरको धापाखेलमा भेट्रान्स फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
सृजनसिल युथ क्लबको आयोजनामा मंसिर १८ गते प्रतियोगिता आयोजना हुने भएको हो ।
प्रतियोगिता निर्भाना फुटसल धापाखेलमा आयोजना हुनेछ ।
प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीले मात्र खेल्न पाउने छन् ।
विजेताले ३० हजार प्राप्त गर्दा उपविजेताले १५ हजार पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउने टिमले ४ हजार दर्ता शुल्क तिर्नु पर्ने आयोजकले जनाएको छ ।













-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
