गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम
आइतबार, १७ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनाले सम्हाल्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का एक पदाधिकारीका अनुसार उनलाई एक वर्षको जिम्मेवारी दिन लागिएको हो। उनी नेपाल आइसकेका छन्।
‘रिक्त रहेको पदमा एरेनालाई नियुक्त गर्न लागिएको हो। लिगल कुरा पूरा गरिरहेका छौं। सबै सकेर छिट्टै उहाँलाई सार्वजनिक गर्छौं,’ पदाधिकारीले खेलपाटीसँग भने।
इटाली र स्विजरल्यान्ड दुवै राष्ट्रको नागरिकता भएका ५२ वर्षीय एरेनाले अन्तिम पल्ट मोरक्कोको क्लब एमएएस फेस सम्हालेका थिए। यो क्लबले मोरक्कोको बोतोला प्रो वान लिग खेल्दै आएको छ।
यसबाहेक एरेनाले लाओसको टिम सम्हालिसकेका छन्। अन्य क्लबमा पनि उनले योगदान दिएका छन्।





%20(1)-1772362880824.jpeg&w=3840&q=75)





-1772330907302.webp&w=3840&q=75)
-1772330189385.webp&w=3840&q=75)