फेरि केनको २ गोल

काठमाडौं। ‘डेर क्लासिकर’ मा शनिबार ह्यारी केनले पुनः दुई गोल गर्दै बायर्न म्युनिखलाई ३–२ को रोमाञ्चक जित दिलाएका छन्।
यस जितसँगै बायर्नले जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको टोलीभन्दा ११ अंकको अग्रता बनाएको छ। बोरुसिया डोर्टमुन्डको मैदानमा भएको खेलमा निको श्लोटरबेकले पहिलो हाफको अन्त्यतिर गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा सर्ज ग्नाब्रीको पासमा केनले बराबरी गोल फर्काए। त्यसपछि श्लोटरबेकले जोसिप स्टानिसिचमाथि फाउल गरेपछि पाएको पेनाल्टीलाई केनले सफलतापूर्वक गोलमा परिणत गर्दै बायर्नलाई अग्रता दिलाए। यो सिजन लिगमा उनको गोल संख्या ३० पुगेको छ।
८३औं मिनेटमा डानियल स्वेन्सनले सानदार भलीमार्फत डोर्टमुन्डका लागि बराबरी गोल गरे। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा जोशुआ किमिखले बायाँ खुट्टाबाट प्रहार गरेको भली गोलमा परिणत हुँदा बायर्नले निर्णायक अग्रता बनायो।
केनले लगातार चौथो खेलमा दुई वा सोभन्दा बढी गोल गरेका छन्। उनी यस सिजन ४१ गोलको कीर्तिमान बनाएका रोबर्ट लेवान्डोव्स्कीको कीर्तिमान तोड्ने दिशामा अघि बढिरहेका छन्।






-1772330907302.webp&w=3840&q=75)
-1772330189385.webp&w=3840&q=75)




