मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

कति गम्भिर सदस्य सचिवको दाबी ?

आइतबार, मंसिर १२, २०७८खेलपाटी संवाददाता
कति गम्भिर सदस्य सचिवको दाबी ?
Classic Tech Internet Ad

काठमाडौं । राखेप सदस्य सचिवको दर्खास्त आह्वानको अन्तिम दिन शुक्रबार अन्तिम समयमा क्रिकेट संघका छुम्बी लामाले समेत राखेपको नेतृत्वका लागि दाबी प्रस्तुत गरे ।

माओवादी केन्द्रभित्र 'हेभिवेट' सदस्य सचिवको खोजी भैरहदा अन्तिम समयमा लामाले सदस्य सचिवमा दाबी प्रस्तुत गरेका हुन् ।

अघिल्लो दिन मात्र उनी युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वर गहतराजसँग छलफलमा पुगेका थिए । घरेलु क्रिकेटको वर्तमान अवस्था र सुधारका लागि गर्न सकिने कामका विषयमा राय लिन मन्त्री गहतराजले लामा सहित राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई बोलाएका थिए ।

मन्त्री गहतराज समक्ष सदस्य सचिवमा कुनै ईच्छा प्रकट नगरेका लामाले अन्तिम समयमा भने निवेदन हालेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा खेलकुद मन्त्रालय माओवादीको भागमा छ । राखेपको सदस्य सचिवका लागि माओवादीभित्र सम्भावित नामावलीमाथि छलफल भईरहेको छ । सदस्य सचिवका लागि खुमलटार पुगेका माओवादीका खेलकुद नेतालाई पार्टी अध्यक्ष प्रचण्डले हेभिवेट प्रतिनिधि खोज्न निर्देशन दिएका थिए ।

तर शुक्रबार अन्तिम दिन मन्त्रालयमा परेका १८ जना सदस्य सचिवको निवेदनमा खासै ठुला नाम परेको छैन । निवेदन दिएका १८ जना मध्य खेलाडीको रुपमा दिपक विष्टको अनुहार परिचित देखिएपनि व्यवस्थापकीय हिसाबले खेलकुदमा नेतृत्वदायी भुमिका निर्वाह गरेका कुनै ठुलो अनुहार सदस्य सचिवको दौडमा देखिदैन ।

यही सेरोफेरोमा नेपाल क्रिकेट संघ क्यानका कार्यसमिति सदस्य छुम्बी लामाले सदस्य सचिवमा दाबी प्रस्तुत गरेका छन् ।

सदस्य सचिवमा लामाको दाबेदारीता कति गम्भिर हो त ?

लामा भने खेलकुदमा आमुल परिवर्तन ल्याउने संकल्प र योजना सहित आफुले सदस्य सचिवमा निवेदन दिएको बताउँछन् ।

‘मुख्य रुपमा नेपाली खेलकुदमा आमुल परिवर्तन ल्याउन उम्मेदवार बनेको हुँ । युवा व्यक्ति खेलकुदमा आउँदा ठुलो 'आईसब्रेक' गर्न सक्छ भनेरै दाबी प्रस्तुत गरेको हुँ ।’ लामाले खेलपाटीसँग भने ।

लामालाई नेपाली खेलकुदले चिनेको ७० सालको सुरुवातमा हो ।

उनी क्यानको कार्यालय प्रमुख भएर खेलकुदमा छिरेका थिए । परिवर्तित स्वरुपमा उनी सीओओमा रुपान्तरित बने । क्यान निलम्बनको त्यो अवस्थामा क्रिकेट व्यवस्थापनमा काम गरे । आफुलाई प्रस्फुटित गराए ।

क्यान निलम्बनको समय लामाले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट सञ्चालनमा ल्याएका थिए । लगत्तै महिला क्रिकेटको फ्रेन्चाईज प्रतियोगिता डब्लूसीएल पनि आयोजना गरे । सानै उमेरमा व्यवस्थापकीय हिसाबले उनीले आफुलाई अब्बल सावित गर्दै आएका छन् । 

‘राखेपमा जति सदस्य सचिव भए, उनीहरु ठुला संघबाट आएनन् । त्यसैले ठुला संघमा रहेर काम गरेका व्यक्तिनै सदस्य सचिवमा आउनुपर्छ । त्यसले समग्र खेलकुद बुझेको हुन्छ ।’ लामा आफ्नो उम्मेदवारीबारे थप प्रष्ट पार्छन् ।

उमेरले भर्खरै ३४ टेकेका लामा आफुलाई सदस्य सचिवको कान्छो उम्मेदवारको रुपमा प्रस्तुत गर्छन् ।

उनी भन्छन्, ‘सम्भवत मै सदस्य सचिवमा दाबी गर्ने कान्छो उम्मेदवार हुनुपर्छ । एउटा युवाले खेलकुदको व्यवस्थापकीय नेतृत्वका लागि दाबी गर्दैछ भने पक्कै केही छ भनेर बुझ्नुपर्छ ।’

‘युवाले अहिलेको पछिल्लो प्रविधि बुझेको हुन्छ । विश्व खेलकुद बुझेको हुन्छ । राजनीतिमा जसरी युवा नेतृत्व आउनुपर्छ भन्ने मान्यता स्थापित हुदैछ । खेलकुदमा समेत मेरो दाबेदारिताले त्यही सन्देश दिन्छ ।’ लामा भन्छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो