१२ वर्षपछि विश्वकपमा नेपालको जित
-1771347430499.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले जितसहित आईसीसी टी–२० विश्वकपको सुखद् अन्त्य गरेको छ।
मंगलबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो। स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनायो।
नेपालको यो १२ वर्षपछि विश्वकपमा पहिलो जित हो। नेपालले अन्तिमपल्ट सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक अर्धशतक प्रहार गर्दै २३ बलमा अविजित ५० रन बनाए। उनले ४ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई सहज जित दिलाए। अन्तिमसम्म उनका साथमा रहेका गुल्सन झा १७ बलमा २४ रन बनाउँदै अविजित रहे।
ओपनर कुशल भुर्तेलले ३५ बलमा ४३ रन (१ चौका र ४ छक्का) बनाउँदै राम्रो सुरुआत दिलाए। विकेटकिपर आसिफ शेखले २७ बलमा ३३ रन जोडे भने कप्तान रोहित पौडेल १४ बलमा १६ रन बनाएर आउट भए।
नेपालले ९.१ ओभरमा ७४ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि ११.५ ओभरमा ८७ रन हुँदा दोस्रो तथा १३.२ ओभरमा ९८ रन हुँदा तेस्रो विकेट खसेको थियो। त्यसपछि दीपेन्द्र र गुल्सनले अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए।
स्कटल्यान्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए पनि त्यो पर्याप्त हुन सकेन। अन्य बलरहरू प्रभावकारी हुन सकेनन्।





-1771342965899.jpeg&w=3840&q=75)





