काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड जेसे लिंगार्डले क्लब छाड्ने सम्भावना बढेको छ ।
इंग्ल्यान्डका फरवार्ड लिंगार्डको क्लबसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।
तर, फरवार्ड लिंगार्ड र युनाईटेडबीचको छलफलले नयाँ सम्झौताबारे निकास निकाल्न सकेको छैन । जसको कारण युनाईटेडमा उनको भविष्य अनिश्चित देखिएको छ ।
पछिल्लो समय लिंगार्डले युनाईटेडको सुरुआती-११ मा स्थान बनाउन सकिरहेका छैनन् ।
यस सिजन उनले आठ खेल खेल्दै गोल गरेका छन् ।
२८ वर्षीय लिंगार्डले जनवरीमा क्लब छाड्ने सम्भावना देखिएको छ ।