काठमाडौं । पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानेस्टर युनाइटेडबाट खेले वापत कति तलब थाप्छन् होला ?
निकै रोमाञ्चक प्रश्न छ, यो । यसअघि धेरैले धेरै खाले नै अनुमान गरे । ती सबै अनुमान न थिए । अब भने रोनाल्डोको वास्तविक तलब कति छ भनेर आधिकारिक विवरण आएको छ र यसलाई आजै बेलायती मिडियाले खुलासा गरेका छन् ।
ती मिडियाका अनुसार रोनाल्डो ओल्ड ट्रायफोर्ड आएयता प्रति साता ५ लाख ५० हजार पाउन्ड तलब बुझ्छन् । युभेन्ट्समा रहेको बेला भन्दा यो २५ प्रतिशतले बढी तलब हो ।
म्यानचेस्टरले यस सिजन रोनाल्डोसँगै अन्य तीन खेलाडीलाई पनि अनुबन्ध गरेको छ, ती हुन्, राफेल भराने, जाडोन सान्चो र टिम हिटन । यी खेलाडी आएपछि खेलाडीको तलबमै
म्यानचेस्टरको खर्च ह्वाट्टै बढेको छ । यो भनेको साताकै १३ लाख पाउन्डले तलबमा खर्च बढेको छ ।
त्यसो भए, म्यानचेस्टर सातामा सबै खेलाडीको तलबमै मात्र कति खर्च गर्छ त ? यसको पनि उत्तर आएको छ र यो रकम तीन महिनाका लागि रहेको छ, आठ करोड ८५ लाख पाउन्ड । यो रकम पहिलेको तुलनामा एक करोड ६६ लाख पाउन्डले बढेको छ । प्रतिशतमा भन्दा २३.१ प्रतिशत।
यसमध्ये सबैभन्दा बढी तलब थाप्ने त रोनाल्डो नै भए । खासमा उनी म्यानचेस्टरमै मात्र सबैभन्दा बढी कमाउने खेलाडी होइनन्, समग्र इंग्लिस प्रिमियर लिगमै उनको जत्तिको तलब अन्य कसैको छैन् ।
यस्तोमा धनी रोनाल्डो झन झन धनी भइरहेका छन् ।
–मिररको सहयोगमा ।