काठमाडौं । प्रिमियर लिग अन्तर्गत वल्ड ट्राफोर्डमा मे महिनामा म्यान्चेस्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित हुने गरी हिंसामा संलग्न भएको आरोपमा प्रहरी थप १० जनालाई पक्राउ गरेको छ ।
युनाइटेडका समर्थकहरुले क्लबका मालिकहरुविरुद्ध नाराबाजी गर्दै स्टेडियम बाहिर तथा होटल नजिकै आगो तथा अन्य बस्तु फालेपछि मे २ तारिखको खेल स्थागित गरिएको थियो ।
प्रहरीले २० देखि ५१ वर्ष उमेर समूहका १० जनालाई हिंसा फैलाउने तथा चोरीको आशंकामा पक्राउ गरेको हो ।
उक्त घटनालाई लिएर प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ भने थप ३६ जनाको तस्वीर सार्वजनिक गरेको छ ।