काठमाडौं । इंग्लिस क्लब वेस्ट ह्यामका समर्थकलाई युरोपा लिग अन्तर्गत रापिड भिएनन्नाविरुद्धको खेल प्रतिबन्ध लागेको छ ।
युईएफएले रापिडको मैदानमा हुने खेलमा वेस्ट ह्यामका समर्थकलाई प्रतिबन्ध गरेको हो ।
वेस्ट ह्यामले यूईएफएको प्रतिबन्ध स्वीकार गरेको छ ।
वेस्ट ह्यामले आगामी बिहीबार रापिडविरुद्ध खेल्ने तालिका रहेको छ ।
युरोपा लिग अन्तर्गत नै जेन्कविरुद्धको खेलमा समर्थकले खेल भावनाविपरीत गरेको कारण प्रतिबन्ध गरिएको हो ।
यस्तै वेस्ट ह्यामलाई ३० हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।