काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले गोल५० बेस्ट प्लेयर अवार्ड जितेका छन् ।
अर्जेन्टिनाका फरवार्ड मेस्सीले समर्थकबाट सर्वाधिक धेरै भोट प्राप्त गर्दै गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड जितेका हुन् ।
मेस्सीले म्यान्चेस्टर युनाईटेडका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् । गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की तेस्रो स्थानमा रहे ।
मेस्सीले पाँचौं पटक गोल ५० अवार्ड पाएका हुन् । उनले रोनाल्डोले बनाएको सर्वाधिक धेरै यस अवार्ड जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।
कप्तान मेस्सीले यस वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।
महिलातर्फको अवार्ड बार्सिलोनाका स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले प्राप्त गरिन् ।
.jpg?quality=60&w=1200)