काठमाडौं । डिफेन्डर डानी अल्भेसले बार्सिलोनामा ८ नम्बरको जर्सी लगाउने भएका छन् ।
बार्सिलोनाले क्लब फर्किएका अल्भेसलाई ८ नम्बरको जर्सी दिईएको जनाएको छ ।
अल्भेस बार्सिलोनामा ८ नम्बरको जर्सी लगाउने पाँचौ खेलाडी हुन् ।
३८ वर्षीय ब्राजिलियन डिफेन्डर अल्भेस पाँच वर्षपछि बार्सिलोना फर्किएका हुन् ।
अल्भेस २०१६ मा बार्सिलोना छाड्दै इटालियन क्लब युभेन्ट्स गएका थिए ।
त्यसपछि उनले पीएसजी र साओ पाउलोबाट खेलेका थिए ।