काठमाडौं । त्रिभुवन आर्मी क्लबले मिडफिल्डर जगजित श्रेष्ठलाई क्लबमा भित्र्याउने प्रक्रिया अघि बढाएको छ ।
मंसिर ३ गतेबाट हुन लागेको ए डिभिजन फुटबल लिगका लागि आर्मीले श्रेष्ठलाई क्बलमा ल्याउन खोजेको हो ।
‘जगजित श्रेष्ठलाई भित्र्याउने प्रक्रिया चलिरहेको छ । एक दुई दिनमै यसको टुंगो लाग्ने छ,’ टिम व्यवस्थापक चुन थापाले भने ।
थापाका अनुसार अहिले श्रेष्ठसँग छलफल भईरहेको छ ।
अष्ट्रेलियामा बसोबास गरिरहेका श्रेष्ठ आईतबार नेपाल फर्किएका छन् र उनले पनि आर्मीबाट खेल्न लागेको सुनिश्चित गरेका छन ।
श्रेष्ठले यस अघि हिमालय शेर्पा क्लब, फ्रेन्ड्स, मनाङ मस्र्याङदी क्लब र थ्री स्टार क्लबका लागि खेलिसकेका छन् ।
अष्ट्रेलियामा उनले राज्य स्तरका क्लबसँग आवद्ध भई फुटबल खेल्ने गरेका छन् ।
पछिल्लो समय स्ट्राइकर नवयुग श्रेष्ठ र विकास खवास घाइते भएपछि लिगको उपाधि जित्ने दाउमा रहेको आर्मीमाथि नयाँ खेलाडी भित्र्याउने दबाब बढेको छ ।