काठमाडौं । फिफा विश्वकप छनोटमा इक्वेडरले चिलीलाई पराजित गरेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान इक्वेडरले १० खेलाडीमा सिमित चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इक्वेडरलाई जित दिलाउन पर्भिस इस्टुपिनान र मोइसेस काइसेडोले एक एक गोल गरे ।
खेलको नवौं मिनेटमा पर्भिसले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए ।
१३ औं मिनेटमा अर्टुरो भिडालले रातो कार्ड पाएपछि चिली १० खेलाडीमा समेटिएको हो ।

त्यसपछि खेलको इन्जुरी समयमा मोइसेसले गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए ।
जितसँगै इक्वेडर छनोटको तेस्रो स्थानमा रहेको छ ।
इक्वेडरले १४ खेलमा २३ अंक जोडेको छ ।
चिली १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।