काठमाडौं । अर्जेन्टिनाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलसँग गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो ।
अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ ।
शीर्ष स्थानको ब्राजिल यस अघि नै कतार विश्वकपमा छनोट भईसकेको छ ।
अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर छनोटको दोस्रो स्थानमा रहेको छ ।
