काठमाडौं । फिफा विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेको हो ।
अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ ।
शीर्ष स्थानको ब्राजिल यस अघि नै कतार विश्वकपमा छनोट भईसकेको छ ।
अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
