काठमाडौं । फिफा विश्वकप छनोटमा बेल्जियमले वेल्ससँग बराबरी खेलेको छ ।
युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा बेल्जियमले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको १२ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३२ औं मिनेटमा केइफर मोरेले गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
बेल्जियमलाई बराबरीमा रोकेसँगै वेल्सले विश्वकपको प्ले अफ छनोटमा स्थान बनाएको छ ।
समूह 'ई' बाट बेल्जियमले सोझै विश्वकपमा स्थान बनाईसकेको छ ।
बेल्जियमले ८ खेलमा २० अंक जोड्यो ।
वेल्स १५ अंक जोडेर समूहको दोस्रो स्थानमा रह्यो ।