काठमाडौं । फिफा विश्वकप छनोटमा फ्रान्सले सहज जित निकालेको छ ।
युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले हराएको हो ।
फ्रान्सको जितमा करिम बेन्जिमा र केलियन एमबाप्पेले एक एक गोल गरे ।
खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए ।
फ्रान्सले यस अघि नै सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरिसकेको छ ।
यस हारसँगै फिनल्याण्डको विश्वकप पुग्नका लागि प्ले अफ खेल्ने सपना सकिएको छ ।
समूह 'डी' फ्रान्सले ८ खेलमा १८ अंक जोड्यो । फिनल्याण्ड ११ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।