काठमाडौं । स्कटिस क्लब सेल्टिक एफसीका लेजेण्ड बर्टी ओल्डको निधन भएको छ ।
मिडफिल्डर बर्टीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
मिडफिल्डर बर्टी बिर्सने रोग डिमेन्सियाबाट पीडित रहेका थिए ।
बर्टीले सेल्टिकका लागि २ सय ८३ खेलमा ८५ गोल गरेका थिए ।
सेल्टिकले सन् १९६७ मा युरोपियन कपको उपाधि जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए ।
यस्तै उनले सेल्टिकबाट पाँच लिग, तीन स्कटिस कप र चार लिग कप जितेका थिए ।
बर्टीले स्कटल्याण्डका लागि तीन खेल खेलेका थिए ।