काठमाडौं । जर्मनीले फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा फराकिलो जित निकालेको छ ।
युरोपियन छनोट अन्तर्गत आइतबार राति जर्मनीले अर्मेनियालाई ४-१ गोल अन्तरले हराएको हो ।
जर्मनीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । यस्तै काइ हार्भटेज र जोनास होफम्यानले एक एक गोल गरे ।
अर्मेनियाका हेनरिक मिखीटेरीयानले एक गोल फर्काए ।
यस जितसँगै समूह जे को जर्मनीले १० खेलमा २७ अंक जोड्यो ।
जर्मनी यस समूहबाट यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।
अर्मेनिया १२ अंक जोडेर चौंथो स्थानमा रह्यो ।
छनोट अन्तर्गत नै यस समूहको अर्को खेलमा नर्थ मासेडोनियाले आइसल्याण्डलाई ३-१ ले हराएको छ ।
रोमानियाले लिचेस्टाइनलाई २-० ले हराएको छ ।