काठमाडौं । क्रोएसिया सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।
युरोपियन छनोट अन्तर्गत आइतबार राति रुसलाई १-० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो ।
रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । जुन गोल जितका लागि क्रोएसियालाई प्रयाप्त रह्यो ।

यस जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो ।
शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोड्यो ।
दोस्रो स्थानको रुसले १० खेलमा २२ अंक जोड्यो ।
रुसको समेत प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना रहेको छ ।