मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

म्याराथन विजेताले ५० हजार प्राप्त गर्ने

बिहिबार, ११ कार्तिक २०७८खेलपाटी संवाददाता
म्याराथन विजेताले ५० हजार प्राप्त गर्ने
Classic Tech Internet Ad

काठमाडौं । चौंथो विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथनका विजेताले नगद ५० हजार प्राप्त गर्ने भएका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले संयुक्तरुपमा कात्तिक २७ मा म्याराथन आयोजना गर्दैछ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजकले पुरुष तथा महिलातर्फका विजेतालाई नगद ५० हजारले पुरस्कृत गर्ने जनाएको हो ।

त्यसैगरी पुरुष तथा महिलातर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ ।

भेट्रान्सतर्फ शीर्ष तीन स्थान हात पार्ने धावकहरु क्रमश १० हजार, ८ हजार र ५ हजारबाट पुरस्कृत हुनेछन् ।

सहभागी सबैलाई प्रमाणपत्र र मेडल उपलब्ध गराइने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा विभागीय टोली तथा व्यक्तिगत गरी करिब १ सय ५५ जनाले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार प्रतियोगिताका लागि करिब २१ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ ।

पाँच पोखरी विश्वकै अग्लो ताल मध्ये नवौं स्थानमा पर्छ । पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको पाँच पोखरीबाट हिमालय रेञ्ज पनि देखिन्छ ।

पाँच पोखरी थाङपाल गाउँपालिका प्रमुख टासी लामाले यस प्रतियोगिताबाट पर्यटन प्रवद्र्धन गर्नका लागि सहयोग पुग्ने बताए ।

यता बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खेलाडीको सबै कुराको व्यवस्थापन आयोजकले गर्ने भएकाले इन्ट्री फि राखिएको बताए ।

भण्डारीले खेलकुदका लागि उपयुक्त स्थानको रुपमा सिन्धुपाल्चोक रोजिएको जनाए । यसले पर्यटन विकासमा समेत टेवा पुग्ने उनले उल्लेख गरे ।

भण्डारीका अनुसार अनुसन्धानका आधारमा म्याराथनको रुट तयार पारिएको हो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य