काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डको जितमा इम्री क्यान, माट हुमेल्स र जुड बेलिङघमले एक एक गोल गरे ।
अर्मिनियाका फाबियन क्लोसले एक गोल फर्काए ।
खेलको ३१ औं मिनेटमा क्यानले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

हुमेल्सले ४५ औं मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
खेलको ७२ औं मिनेटमा बेलिङघमले गोल गर्दा डर्टमण्डले ३-० को अग्रता बनायो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा अर्मिनियाका फाबियनले पेनाल्टीमा गोल गरेपनि डर्टमण्ड ३-१ ले विजयी भयो ।
यस जितसँगै डर्टमण्डले ९ खेलमा २१ अंक जोडेको छ ।
डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
अर्मिनिया ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।