काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे ।
खेलको १६ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ८२ औं मिनेटमा म्याक्सिमले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा कोमानले गोल गर्दै बायर्नलाई ४-० को सानदार जित दिलाए ।

जितसँगै बायर्नले ९ खेलमा २२ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
होफनहायन ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।