काठमाडौं । फिफा क्लब विश्वकप फुटबल २०२१ युएईमा आयोजना हुने भएको छ ।
फिफाको काउन्सिलले बुधबार क्लब विश्वकप युएईको आबुधाबीमा आयोजना गर्ने निर्णय गरेको हो ।
फिफाले क्लब विश्वकप २०२२ को सुरुवातमा आयोजना गरिने जनाएको छ । विश्वकपको मिति भने तय भएको छैन ।
क्लब विश्वकपमा ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा चेल्सी, अकल्याण्ड सिटी, अल जाजिरा, अल अह्लीको सहभागिता पक्का भईसकेको छ ।
यस अघि क्लब विश्वकप जापानमा तय थियो । तर, कोभिड-१९ को कारण देखाएर जापानले आयोजकबाट नाम फिर्ता लिएको थियो ।