शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’

सोमबार, ०६ आश्विन २०८२
फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’
mustang rice ad

काठमाडौं। भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई विगतमा सधैं रोमाञ्चक प्रतिद्वन्द्विताका रूपमा हेरिन्थ्यो। तर, हालका नतिजाले यो धारणा फिका पारिदिएका छन्।

एसिया कप सुपर फोमा आइतबार भारतले पाकिस्तानलाई फेरि हराउँदै एकतर्फी जित निकालेपछि भारतीय कप्तान सूर्यकुमार यादवले नै यो अब ‘राइभलरी’ नभएको बताएका छन्।

समूह चरणमै पाकिस्तानलाई सहजै हराएको भारतले सुपर फोमा समेत ६ विकेटले जित निकाल्यो। पाकिस्तानका कप्तान सलमान आघाको टोलीले राम्रो सुरुआत पाए पनि कमजोर बलिङ गर्दा खेल गुमायो।

खेलपछि पत्रकार सम्मेलनमा सूर्यकुमारले भने,‘अब तपाईंहरूले यो राइभलरीबारे प्रश्न गर्नै बन्द गर्नुपर्छ। राइभलरी त्यतिबेला भनिन्छ जब दुई टिमबीच बराबरीजस्तो रेकर्ड हुन्छ। १५–२० खेलमा यदि ७–७ वा ८–७ हुन्छ भने त्यो राइभलरी हो। तर, १३–०, १०–१ जस्ता नतिजा हुँदाखेरी यसलाई राइभलरी भन्न मिल्दैन।’

भारतविरुद्ध पछिल्ला ८ मध्ये ७ खेलमा पाकिस्तान हारिसकेको छ। २०२१ मा दुबईमा जितेपछि पाकिस्तानले फेरि कहिल्यै भारतलाई हराउन सकेको छैन।

यस पटकको खेलमा टर्निङ पोइन्टबारे सूर्यकुमारले भने,‘मलाई लाग्छ पहिलो इनिङ्सको मध्यावधि नै निर्णायक भयो। त्यति बेला नै हाम्रो शरीरको जोश फेरियो। सामान्यतया खेल पावर प्लेपछि बदलिन्छ, तर आज भने १० ओभरपछि हाम्रो बलरहरूले परिस्थितिलाई राम्ररी बुझेर नियन्त्रण लिए।’

यस जितसँगै भारतले पाकिस्तानविरुद्धको अपराजित यात्रा ७–० मा पुर्‍याएको छ। पछिल्ला सातै खेलमा भारतसँग पाकिस्तान पराजित भएको छ। चाहे टी–२० होस् वा वानडे, विश्वकप होस् वा एसिया कप, पाकिस्तान टिक्न सकेको छैन।

२०२२ को टी–२० विश्वकपमा सुरुआत भएको यो सिलसिला अझै रोकिएको छैन। एसिया कप २०२३ मा भारतले २२८ रनले जित निकालेको थियो भने वानडे विश्वकप २०२३ मा पनि पाकिस्तानलाई ७ विकेटले हराएको थियो। च्याम्पियन्स ट्रफी र अन्य प्रतियोगिताहरूमा समेत नतिजा भारतकै पक्षमा रहेको छ।

सुपर फोको खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै साहिबजादा फरहानको अर्धशतकको बलमा २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनायो। तर, भारतको सुरुआत धमाकेदार रह्यो। अभिषेक शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमै फर्कन दिएनन्।

भारतले १८.५ ओभरमै ४ विकेटको क्षतिमा १७४ रन बनाएर जित निकाल्यो। अभिषेकले ३९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रन प्रहार गरे। गिल पनि २८ बलमा ८ चौकासहित ४७ रन बनाएर अर्धशतकनजिकै पुगेर आउट भए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

खेलकुदमन्त्री  गुप्ता अमेरिका भ्रमणमा नजाने

खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने