आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मन्त्रीविहीन खेलकुद मन्त्रालय

सोमबार, ०६ आश्विन २०८२
मन्त्रीविहीन खेलकुद मन्त्रालय
Loading ad...
mustang rice ad

काठमाडौं। जेनजीको आन्दोलनपछि युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री छैनन्। २३ भदौको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएको घटनाको भोलिपल्टै तेजुलाल चौधरीले राजीनामा दिएका थिए।

उनी नेपाली कांग्रेसबाट मन्त्री बनेका थिए। सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०८१ असार ३१ गते युवा तथा खेलकदुमन्त्री बनेका थिए। विवाद नै विवादमा परेका उनी शेखर कोइरालानिकट मानिँदै आएका थिए।

चीन भ्रमणमा रहेका बेला जेनजी प्रदर्शन उत्कर्षमा पुगेपछि नेता कोइरालाले आफूनिकटका मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। त्यसलगत्तै उनीनिकट चौधरीले राजीनामा दिएका थिए। त्यसको तीन दिनपछि पूर्वप्रधान्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्री पद सम्हालेकी थिइन्।

त्यसको दुई साता पुग्न लागिसक्दा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनले रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वधार तथा यातायात र सहरी विकासले कुलमान घिसिङ र गृहले ओमप्रकाश अर्याललाई मन्त्रीमा पाइसकेको छ।

सोमबार मात्रै सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले द्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था तथा गरिबी निवारण, वैज्ञानिक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियारले कृषि तथा सहकारी र पत्रकार जगदीश खरेलले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्।

तर, युवा तथा खेलकुद मन्त्रालयले भने अझै मन्त्री पाउन सकेको छैन। अहिले प्रधानमन्त्री कार्कीले खेलकुदसहित परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राखेकी छन्।

उनले शपथ लिँदै आफ्नो मन्त्रिमण्डल ११ सदस्सीय मात्रै बनाउने घोषणा गरेकी थिइन्। सोमबारसम्म उनको मन्त्रिमण्डल ८ सदस्सीय भइसकेको छ। अब तीन मन्त्री बन्न बाँकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भने संगीता मिश्रको नाम अन्तिम समयमा काटिएको थियो। अहिले पनि खेलकुदभन्दा परराष्ट्र, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य बढी महत्त्वपूर्ण मानिन्छ।

त्यसैले खेलकुद मन्त्रालय आगामी ५ महिना मन्त्रीविहीन बन्ने खतरामा छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी