सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

२०२५ सेप्टेम्बर २२, सोमबार

सन्न्यास लिँदै बुस्केट्स

काठमाडौं। स्पेन राष्ट्रिय टोली तथा बार्सिलोनाका पूर्वमिडफिल्डर सर्जियो बुस्केट्सले सन्न्यास लिने तयारी गरेका छन्।

इन्टर मियामीबाट खेलिरहेका उनले यो सिजनको अन्त्यसँगै सन्न्यास लिने निर्णय लिएको स्पेनिस सञ्चारमाध्यम कोपका खेल पत्रकार नाचो गार्सियाले बताएका छन्।

गार्सियाका अनुसार बुस्केट्सले २०२५ को अन्त्यतिर मियामीसँगको सम्झौता सकिएपछि औपचारिक रूपमा सन्न्यास घोषणा गर्नेछन्। २०१० को विश्वकप विजेता यी स्पेनिस मिडफिल्डरले गत वर्ष नै आफू करिअरको अन्तिम चरणमा पुगेको संकेत गरेका थिए। यद्यपि उनले अझै औपचारिक घोषणा भने गरेका छैनन्।

३७ वर्षे बुस्केट्स बार्सिलोनाबाट मात्रै ३२ उपाधि जितेका छन् र स्पेनको जर्सीमा १४३ खेल खेलेका छन्। बार्सिलोनाकै पूर्वफरवार्ड लिओनल मेसीको बाटो समातेर दुई वर्षअघि उनी मियामी पुगेका थिए।

बुस्केट्सको सन्न्याससँगै फुटबलले इतिहासकै सबैभन्दा बुद्धिमान र उपाधिका हिसाबले सफल मिडफिल्डरमध्ये एकलाई गुमाउनेछ। मियामीका लागि यो ठूलो धक्का हुने अपेक्षा छ। मेसी र जोर्डी अल्बासँगै उनी क्लबको बार्सिलोनाप्रेरित परियोजनाका मुख्य स्तम्भ थिए।

ला मासिया एकाडेमीमार्फत करिअर सुरु गरेका बुस्केट्सले २००८ मा पेप गार्डियोला प्रशिक्षक भएको समयमा बार्सिलोनामा डेब्यु गरेका थिए। उनले क्लबको तेस्रो सर्वाधिक ७२२ खेल खेलेका छन्। बार्सिलोनाको टिकीटाका शैलीका प्रतीक मानिने उनले ९ ला लिगा र ३ च्याम्पियन्स लिग उपाधि जितेका छन्।

सन्न्यासपछि उनी पुनः बार्सिलोनामै प्रशिक्षक वा एम्बासेडरको भूमिकामा फर्किन सक्ने सम्भावना छ। अब भने अन्तिम मिसनमा बुस्केट्स आफ्नो टोली मियामीलाई पहिलो पटक एमएलएस कप जिताउन चाहन्छन्।

हाभियर मास्चरानोको प्रशिक्षणमा रहेको मियामी हाल २८ खेलपछि इस्टर्न कन्फरेन्सको पाँचौं स्थानमा छ। पछिल्लो खेलमा मेसीको जादूमयी प्रदर्शनमा डीसी युनाइटेडलाई ३–२ ले हराएको थियो।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

पीएसजीका खेलाडी बालोन डी’ओर अवार्डमा नजाने

Bhat Bhateni
 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

साँझ यूएई उड्दै नेपाली टोली

साँझ यूएई उड्दै नेपाली टोली

फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’