साँझ यूएई उड्दै नेपाली टोली
२०२५ सेप्टेम्बर २२, सोमबार

काठमाडौं। वेस्ट इन्डिजसँग युनिटी कप टी–२० आई सिरिज खेल्न नेपाली क्रिकेट टोली सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली साँझ ७:२५ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको हो। प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार यूएई जाने कार्यक्रम तय भएको थियो। तर, यूएईले भिसा दिन अस्वीकार गरेसँगै टोली अलपत्र परेको थियो। यद्यपि, आइतबार भिसा आएपछि सोमबार नै टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
तीन खेलको यो सिरिज शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म हुने तय छ।