काठमाडौं । इटालियन क्लब इन्टर मिलानले यूईएफए च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी सेरिफलाई ३-१ गोल अन्तरले पराजित गर्दै इन्टरले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा खेलको ३४ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५८ औं मिनेटमा अर्टुरो भिडालले गोल गर्दा इन्टरले २-१ को अग्रता बनायो ।

त्यसपछि खेलको ६७ औं मिनेटमा स्टेफेन डी भिर्जले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।
यस जितसँगै इन्टरले ३ खेलमा ४ अंक जोडेको छ ।
समूह डी को इन्टर तेस्रो स्थानमा रहेको छ ।
सेरिफ ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत नै अर्को इटालियन क्लब एसी मिलान भने पराजित भएको छ ।
मिलान एफसी पोर्टोसँग १-० ले पराजित भएको हो ।
पोर्टोको जितमा लुइस डियाजले निर्णायक गोल गरे ।