काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति रियलले साख्तर डोनेस्कलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे । रोड्रिगो र करिम बेन्जिमाले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ३७ औं मिनेटमा सेर्ही क्रिभ्टसोभले आत्मघाती गोल गरेपछि रियलले सुरुआती अग्रता बनाएको थियो ।

५१ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।
खेलको ५६ औं मिनेटमा जुनियरले व्यक्तिगत दोसोरो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
खेलको ६४ औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियल ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई ५-० को जित दिलाए ।

यस जितसँगै रियलले ३ खेलमा ६ अंक जोडेको छ ।
समूह डी को रियल दोस्रो स्थानमा रहेको छ ।
डोनेस्क १ अंक जोडेर पुछारमा रहेको छ ।