काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका युवा फरवार्ड फेरान टोरेस ४ देखि ६ महिना मैदान बाहिर रहने भएका छन् ।
दायाँ खुट्टामा लागेको चोटको कारण उनी ४ देखि ६ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
स्पेनिस फरवार्डले नेसन्स लिगको सेमिफाइनल खेल दौरान चोट बोकेका थिए ।
इटालीविरुद्ध दुई गोल गरेको खेलमा उनले चोट बोकेका थिए । उनकै दुई गोलमा स्पेनले इटालीलाई हराएको थियो ।
स्पेन फाइनलमा भने फ्रान्ससँग पराजित भएको थियो । फाइनलमा उनी ८४ औं मिनेटसम्म खेलेका थिए ।
अब २१ वर्षीय टोरेसले क्लब र राष्ट्रिय टिमका केहि महत्वपूर्ण खेलहरु गुमाउने छन् ।