काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बार्सिलोनाले बिहीबार पेड्रीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै पेड्री २०२६ को जुन ३० सम्म बार्सिलोनामा रहने छन् ।
बार्सिलोनाले पेड्रीको रिलिज क्लउज १ विलियन युरो तोकेको छ ।
१८ वर्षीय स्पेनिस मिडफिल्डर लास पालमसबाट २०२० मा बार्सिलोना आएका थिए ।
पछिल्लो समय पेड्री बार्सिलोनाका मुख्य खेलाडीको रुपमा रहदै आएका छन् ।
उनले ३९ ला लिगा खेलमा ३ गोल गरिसकेका छन् ।
पेड्रीले स्पेनका लागि १० खेल खेलिसकेका छन् ।
