ढुकुको सुखद अन्त्य, झरना जित विहीन
मंगलबार, १९ आश्विन २०७८मनोज थापा (हिमालयन मनोज)
पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा ढुकु फुटसल हबले जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार ढुकुले झरना स्पोर्ट्स क्लबलाई ५-३ गोल अन्तरले हराएको हो ।
ढुकुको जितमा दावा डुक्पा शेर्पा, सुमन तामाङ, उर्केन शेर्पा, प्रशिद्ध मगर र अमित लामाले एक एक गोल गरे ।
झरनाका गंगा गुरुङ, प्रवेश खनाल क्षेत्री र अमित गुरुङले एक एक गोल गरे ।
खेलमा ढुकुका अमित लामा प्लेयर अफ दि म्याच चुनिए ।
यस जितसँगै ढुकुले लिगको सुखद अन्त्य गरेको छ । ढुकुले ९ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
झरनाले भने ९ खेलमा ९ हार व्यहोर्यो । रेलिगेसनमा परेको झरनाले अंक जोड्न सकेन्।












-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
