काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले एक एक गोल गरे ।
टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए ।
घरेलु मैदानमा स्मिथले १२ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा औबामियाङले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
३४ औं मिनेटमा साकाले गोल गर्दा आर्सनल ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा सनले एक गोल फर्काएपनि आर्सनल ३-१ ले विजयी भयो ।
यस जितसँगै आर्सनलले ६ खेलमा ९ अंक जोडेको छ । आर्सनल १० औं स्थानमा रहेको छ ।
टोटेनहम ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
