होर बन्यो पीएमएनएस च्याम्पियन
२०२५ सेप्टेम्बर २४, बुधबार

काठमाडौं। अन्तिम खेलमा सानदार कमब्याक गर्दै होर ई–स्पोर्टसले पब्जी मोबाइल नेपाल सिरिज (पीएमएनएस) तेस्रो संस्करणको उपाधि जितेको छ।
नेपालको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता जित्दा होरले कुल १४८ अंक जोड्यो। उपाधिसहित होरले १२ सय ५० अमेरिकी डलर पुरस्कार जितेको छ।
१६ टोली सहभागी बनेको फाइनल चरणमा ११८ अंकसहित डीआरएस गेमिङ दोस्रो स्थानमा रह्यो। टिम नेपेक्सले ११८ अंकसहित तेस्रो बन्यो।