सीताको टोलीसँग इन्दुको टोली पराजित

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी अलराउन्डर सीता रानामगरसम्मिलित सेन्ट्रल सुपर गर्ल्सले मलेसियन सुपर वुमेन्स सिरिजमा विजयी सुरुआत गरेको छ।
बुधबार सम्पन्न पहिलो खेलमा सीताको कप्तानीमा रहेको टोलीले नेपाली टोलीकै कप्तान रहेकी इन्दु बर्मासम्मिलित वेस्टर्न वान्डर्स वुमेन्सलाई २४ रनले पराजित गरेको हो।
सेन्ट्रल सुपर गर्ल्सले दिएको ६७ रनको लक्ष्य पछ्याएको वेस्टर्नले १२.५ ओभरमा सबै विकेट गुमाउँदै ४२ रन मात्रै बनाउन सक्यो। वेस्टर्नका आइना नवाजबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सेन्ट्रलका सोनम र अमलिन सोर्फिनाले समान ३ विकेट लिइन्। सीताले २ तथा रिया शर्मा र राजमती ऐरीले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको सेन्ट्रलले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो।
सेन्ट्रलकी वान जुलियाले सर्वाधिक २७ रन बनाइन्। अन्यको ब्याट चल्न सकेन। नेपालकी रचनाकुमारी चौधरीसहित कन्याकोर्न बुन्थानसेन र माहिराह इज्जाटीले समान २ विकेट हात पार्यो।