काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा अहिले ओमानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ओमानविरुद्ध २-१ ले पछाडी परेको छ ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो ।
नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।