काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन मेम्फिस डीपे, लुक डी जोङ र अन्सु फातीले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा डीपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १४ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।
यस जितसँगै बार्सिलोनाले ६ खेलमा १२ अंक जोडेको छ ।
बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ ।
लेभान्टे ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।